दोस्रो छातापिपरा भलिवल प्रतियोगिताको उपाधि पोताको पोल्टामा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा सञ्चालित दोस्रो छातापिपरा भलिवल प्रतियोगिताको उपाधि पोताले जितेको छ ।
प्रतियोगिताको उपाधि भिडन्तमा कोल्हवीको जुगुवालाई पराजित गर्दै पोताले उपाधि जितेको हो । प्रतियोगिताको विजेताले एक लाख नगद, ट्रफि र प्रमाणपत्र पाएको छ भने उपविजेताले ५० हजार नगद, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
छातापिपरा युथ क्लबले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिषरमा आयोजना गरेको प्रतियोगिताको समापन कार्यक्रममा बारा क्षेत्र नं. ४ का सत्तारुढ गठबन्धनका प्रतिनिधि सअभाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान र प्रदेश सभाका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ अनिल, नेकपा (एस) की समानुपातिक उम्मेदवार सरिता सुब्बाको विजेता र उपविजेतलाई चेक, ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए ।