जीतपुरसिमरामा दुर्घटनाका घाइते बालिकाको मृत्यु

ए वान डेस्क
१४ कार्तिक २०७९, सोमबार १६:४१

बारामा कात्तिक ६ गते भएको सवारी दुर्घटनामा घाईते नाबालिकको उपचारको क्रममा मृत्यु भएको छ । भारतको मोतिहारी घर भएका २२ वर्षीय सरोज कुमार साहको छोरी ४ वर्षीया अंशिका कुमारी साहको मृत्यु भएको हो ।

घाइते नाबालिकाको उपचारको क्रममा आइतबार राति साढे ११ बजे एलएस न्यूरो हस्पिटल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

कात्तिक ६ गते बिहान सवा ६ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगिया बस्ती जाने बाटोमा सवारी दुर्घटना भएको थियो । पथलैयाबाट चपुर जादै गरेको ना १ ज ७२४५ नं. को जिपको बाँयातर्फको चक्का अचानक पड्किएर अनियन्त्रित भई पल्टिएको थियो दुर्घटनामा अंशिकासहित ५ जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*