भोडाहाको बारा डान्स च्याम्पियनसिप आज, बिजेताले ३० हजार पाउने

ए वान डेस्क
१४ कार्तिक २०७९, सोमबार १७:५६

बाराको कलैया उपमाहानगरपालिकामा आज दोस्रो बारा डान्स च्याम्पियनसिप २०७९ हुदैछ । समाज बिकाश युवा क्लबको आयोजनामा वडा न २१ भोडाहामा च्याम्पियनसिप हुन लागेको हो । च्याम्पियनसिपमा १७ वटा टिमको प्रतिस्पर्धा हुने आयोजक क्लबले जानकारी दिएको छ । च्याम्पियनसिपको बिजेताले नगद ३० हजार पाउनेछ । आयोजक क्लबका सचिब बिनोद शाहका अनुसार उप बिजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार पाउनेछन । कार्यक्रम साझ ७ बजेदेखि सुरु हुने साहले बताउनुभयो । बारा डान्स च्याम्पियनसिपको पहिलो सस्करण २०७८ सालमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*