गरिव बिद्यार्थीलाई अनमोल सहकारीले बाड्यो शैक्षिक सामाग्री
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरिव तथा जेहेनदार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बार्षिक कार्यक्रम अन्र्तगत अनमोलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज वडा नम्बर २२ मा शैक्षिक सामाग्री वितरण गरेको हो ।
वडा नम्बर २२ को चकरीमा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चकरी, श्री थानि आधारभुत बिद्यालय र श्री सुर्यदय प्राविमा शैक्षिक सामाग्री वितरण गरिएको सहकारीका अध्यक्ष बिनय साहले जानकारी दिनुभयो ।

‘हामीले प्रत्यक बर्ष गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएका छौ, यसबर्ष पनि हामीले सो कार्यको निरन्तर्ता गरेका हौ’ साहले भन्नुभयो ।

अध्यक्ष साहले आईतबार वडा नम्बर २१ अमलेखगञ्जमा गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने बताउनुभयो ।















