जीतपुरसिमराको निर्णय : सटरको धरौटी फिर्तादेखि करार कर्मचारीको छानविन सम्म

ए वान डेस्क
१ पुष २०७९, शुक्रबार १२:२४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको पाचौ बैठक बिहिबार सम्पन्न भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले करारमा रहेका कर्मचारीको म्याद थप तत्काललाई मंसिर महिनासम्म गर्ने निर्णय गरेको छ । मंसिर महिनासम्मको लागी करारमा रहेका कर्मचारीको म्याद थप गरी तलब भत्ता खुवाउने निर्णय भएको नगर प्रवक्ता भोज बहादुर खत्री ईश्वरले जानकारी दिनुभयो ।

प्रवक्ता खत्रीका अनुसार करारमा रहेका कर्मचारीको म्याद अवधी थप गर्ने बिषयमा उप प्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्य मुल्यांकन एवं छानविन समति गठन गरिएको छ । उप प्रमुख अधिकारीको अध्यक्षतामा बनेको छानविन समितिले करारमा रहेका कर्मचारीको आगामी अवधी थप्ने हकमा कार्यसम्पादन र क्षमता मुल्यांकनको आधारमा थप्नका लागि सिफारिस गर्नेछ ।

बैठकले सिमरा र अमलेखगञ्जमा रहेका सार्वजनिक सटहरहरूको धरौटि रकम फिर्ता गर्ने निर्णय गरेको छ । यस्तै सहायक सडक मर्मत तथा सडक उपयोग शुल्कको सार्वजनिक सूचना गर्ने, मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराईरहेका, क्यान्सर रोग, मेरूदण्ड पक्षघातको बिरामीका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*