सामाजिक परिक्षण समिति गठन गर्न जीतपुरसिमराको पत्राचार

जीतपुरसिमरा उपमहानगरपालिकाले सामाजिक परिक्षण समिति गठन गर्न सामुदायिक बिद्यालयहरुलाई पत्राचार गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १७१ क बमोजिम सामुदायिक बिद्यालयलाई सामाजिक परिक्षण समिति गठन गर्न उपमहानगरपालिकाले पत्राचार गरेको हो ।
प्रचलित ऐन तथा नियमावली बमोजिम काम कारर्वाही भए नभएको बिषयमा उपमहानगरपालिकाले प्रत्यक बर्ष मुल्यांकन गर्ने गरेको छ । सोही व्यवस्था अनुसार सामुदायिक बिद्यालयहरुले वडा अध्यक्ष, अभिभावक, चन्दा दाता, शिक्षा विद्ध, सामाजेवी र सरोकारवालाहरुलाई समेत बैठकमा राखी सामाजिक परिक्षण समिति गठन गर्नुपर्ने हुन्छ ।
उपमहानगरपालिकाले नियम अनुसार पुष १५ गतेभित्र समिति गठन गरी सो को जानकारी दिन पत्राचार गरेको जनाएको छ ।