पथलैयाका ट्राफिक प्रमुख गुरुङको सरुवा, भट्टराई आउने
ए वान डेस्क /
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक नान्तिराज गुरुङको सरुवा भएको छ । गुरुङको ठाउमा अब सन्तोष कुमार भट्टराई आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले गुरुङलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरेको प्रधान कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरी प्रधान कार्यालयले गुरुङसहित २३ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको पनि सरुवा भएको छ ।
बस्नेतको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो । पर्सा जिल्लामा १ वर्ष १ महिनाको कार्यकाल पूरा गरेका बस्नेतको नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।















