कुलानन्दको ‘अनमोल पाईला’ मा समेटियो जिवनको भोगाई

ए वान डेस्क
५ पुष २०७९, मंगलवार १७:५६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी कुल बहादुर भट्राई कुलानन्दले ‘अनमोल पाईला’ बजारमा ल्याउनुभएको छ । जिवन उपयोगी भनाईहरु समेटिएको कृति ‘अनमोल पाईला’ भट्राईले बजारमा ल्याउनुभएको हो ।

कृतिमा मानव जिवनसंग सम्बन्धीत महत्वपुर्ण भनाईहरु समावेश गरिएको लेखक कुल बहादुर भट्राईले बताउनुभयो । २१२० वटा भनाई समेटिएको कृतिमा परिवार, समाज प्रतिको उत्तदायित्व, सकारात्मक वचार एवं सिद्धान्तलाई समावेश गरिएको छ ।

भट्राईका अनुसार कृतिमा आफुले अध्यन गरेको र जीवनका भोगाई समावेश गरिएको लेखिएको छ । सिमरा निवासी भट्राईको कृतिलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पनि सफल्ताको शुभकामना दिएको छ । प्राज्ञ परिषद सदस्य डा. देवी नेपालले शुभकामना दिदै जीवन दर्शनको समग्रता ‘अनमोल पाईला’ भएको बताउनुभएको छ ।

यसैगरी शिक्षा विकास तथा समन्वय ईकाल बारा र सप्तरंगी साहित्य समाज नेपाल काठमाण्डौले पनि शुभकामना सन्देश दिदै सफल्ताको कामना गरेको छ । के तपाईले कुलानन्दको ‘अनमोल पाईला’ पढ्नुभयो ? यदी पढ्नुभएको छैन भने कुलानन्दको सम्पर्क नम्बर ९८४५२५३१२४ मा सम्पर्क गरी पढ्न सक्नुहुनेछ ।

‘अनमोल पाईला’ नामक कृतिमा जिवनसंग सम्बन्धीत बिषयहरु समावेश गरिएको हुदा अध्यन गर्न समेत उहाले सबैलाई आग्रह गर्नुभयो । लेखक भट्राईले आफु सपनाबाट प्रेरित भई कृति लेख्न सफल भएको बताउनुभयो । ‘मैले लेखेका कृति सपनामा देखेको थिए, त्यहि सपनालाई बिपनामा कृतिमार्फत मैले आफ्नो सिर्जना बाहिर ल्याएको हु, जिवनमा सिकेका र भोगेका कुराहरु नै मैले यो कृतिमा समावेश गरेको छु’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*