सिमरा रंगशालामा ‘ए डिभिजन लिग’ खेलाउने तयारी, पुर्व तयारीबारे छलफल

ए वान डेस्क /
बाराको सिमरा रंगशालामा सहिद स्मारक ए डिभिजन लिग खेल खेलाउने तयारी गरिएको छ । नेपाल फुटबल संघ एन्फाले सिमरासहित देशका बिभिन्न स्थानमा ए डिभिजन लिक खेल खेलाउने तयारी गरेको हो ।
तयारी स्वरुप सिमरा रंगशालामा आज बिहान सरोकारवालाहरुबिच छलफल भएको छ । छलफलमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, एन्फाका कम्पिटिसन डाईरेक्टर संजिव मिश्र, एन्फाका जिल्ला अध्यक्ष रामचन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा एन्फाका कम्पिटिसन डाईरेक्टर संजिव मिश्रले सिमरासहित देशका बिभिन्न ठाउमा खेल खेलाउने तयारी भईरहेको बताउनुभयो । यसअघि काठमाण्डौमा मात्र आयोजना गरिने सहिद स्मारक ए डिभिजन लिग यसबर्ष भने देशका बिभिन्न स्थानमा आयोजना गर्ने तयारी गरिएको हो ।
मिश्रले लिग सञ्चालनको निम्ति स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो । छलफलमा नगर प्रमुख राजन पौडेलले सिमरा रंगशालामा लिग आयोजना गर्नु आफुहरुको लागी गौरवको बिषय भएको भन्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
छलफलपछि एन्फाका कम्पिटिसन डाईरेक्टर संजिव मिश्रले सिमरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्न सम्बद्ध सरोकारवालाहरु सकरात्मक देखिएको भन्दै लिग आयोजना गर्ने तयारी भईरहेको बताउनुभयो । उहाले जिल्ला फुटबल संघ एन्फा र स्थानीय तहसंगको सहकार्यमा लिग आयोजना गरिने बताउनुभयो ।
नेपाल फुटबल संघ एन्फाले यस बर्ष डबल लिग आयोजना गर्ने तयारी गरेको छ । जस अनुसार एन्फाले यसबर्ष १८२ वटा खेल खेलाउने तयारी गरेको हो । लिग अन्र्तगत सिमरा र हेटौडामा केहि राउण्ड खेल खेलाउने तयारी भएको बुझिएको छ ।
सिमरा र हेटौडामा गरी १४/१४ वटा खेल खेलाउने गरी प्रस्ताव अघि बढेको बताईएको छ । एन्फाको लिग बैशाखबाट शुरु गर्ने गरी एन्फाले आफ्नो तयारी तिब्र पारेको छ । छलफलपछि बारा जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष रामचन्द्र लामाले सिमरा रंगशालामा लिग खेल आयोजना हुनु खुशीको बिषय भएको बताउनुभयो ।
लिग आयोजनाको लागी स्थानीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता पाएपछि आफुहरु थप उत्साहित भएको उहाले बताउनुभयो ।