दोश्रो डुमरवाना कप : आयोजक क्लबको बिजयी शुरूवात
जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा आजदेखि शुरु भएको दोस्रो डुमरवाना कप २०७९ मा आयोजक क्लबले बिजयी शुरूवात गरेको छ । चारपाते रंगशालामा आज भएको उद्घाटन खेलमा पर्सागढी स्पोर्ट्स क्लबलाई पराजित गर्दै आयोजक जनमुखी युवा चारपाते क्लबले बिजयी शुरूवात गरेको हो । निर्धारित समयको खेलमा दुबै टिमले एक एक गोल गरेपछी खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा आयोजक ले पर्सागढी स्पोर्ट्स क्लबलाई ५-४ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत भोलि बिरगंज र सिमरा भेट्रानबिच खेल हुने आयोजक क्लबका अध्यक्ष रामेश्वर खा थारुले जानकारी दिनुभयो । दुई टिम बिचको खेल दिउँसो २ बजेदेखि शुरु हुनेछ । आजदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।















