दोस्रो डुमरवाना कप : आज सिमरा र बिरगंज भिड्ने

ए वान डेस्क
४ माघ २०७९, बुधबार ०९:२९

जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १५ मा जारी दोस्रो डुमरवाना कप २०७९ मा आज बिरगंज र सिमराबिच खेल हुने भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आज बिरगंज र सिमरा भेट्रान क्लबबिच खेल हुने भएको हो । चारपाते रंगशालामा हुने प्रतियोगिता दिउँसो २ बजेदेखी शुरु हुने आयोजक क्लबका अध्यक्ष रामेश्वर खा थारुले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा पर्सागढी स्पोर्ट्स क्लबलाई पराजित गर्दै आयोजक क्लबले बिजयी शुरुवात गरेको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*