दोस्रो डुमरवाना कप : उपाधीका लागि एपीएफ र वीरगन्ज भिड्ने

ए वान डेस्क
१३ माघ २०७९, शुक्रबार ११:०८

डुमरवाना कप फूटबल प्रतियोगिताको उपाधीका लागि एपीएफ क्लब महोत्तरी र वीरगन्ज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

चारपाते खेल मैदानमा बिहिवार भएको खेलमा वीरगन्ज युथ एकेडेमीलाई २–० ले पराजित गर्दै एपीएफले वीरगन्ज युनाइटेडसंगको भेट पक्का गरेको हो । एभरेष्ट क्लब सर्लाहीलाई पराजित गर्दै वीरगन्ज युनाइटेड बुधवार फाइनलमा प्रवेश गरेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा जित निकाल्दै उपाधी होडमा उभिने क्रममा एपीएफका लागि सुदीप मगरले एक गोल गरे भने अर्को गोल वीरगन्जले आत्मघाती गरेको थियो ।

प्रतियोगिताको उपाधी भिडन्त शनिवार हुनेछ । जनमुखी चारपाते युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*