प्रथम पर्सागढी मेयर कप २०७९ भोलिदेखि शुरु हुदै, सम्पुर्ण तयारी पुरा
पर्साको पर्सागढीमा भोलिदेखि प्रथम पर्सागढी मेयर कप २०७९ शुरु हुदैछ । मिरमिरे युवा क्लब सबैयाटाडीको आयोजनामा भोलिदेखि प्रतियोगिता शुरु हुन लागेकोे हो ।
प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच नगर प्रमुख गोर्कण पाठकले उद्घाटन गर्ने कार्यक्रम छ । फागुन २० गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा गोर्खा फुटबल एकेडेमी हरिवल सर्लाही, बिरगञ्ज युनाईटेड क्लब विरगञ्ज पर्सा, बिरगञ्ज युथ एकेडेमी विरगञ्ज पर्सा, गोलबजार स्पोर्ट क्लब गोलबजार सिराहा, हेटौडा एकेडेमी फुटबल क्लब, मिरमिरे युथ क्लब सबैयाटाडी, बिरगञ्ज सिटि फुटबल क्लब र सिमरा युनाईटेड सिमराको सहभागिता रहनेछ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले नगद ५० हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष सुरज कुमार मानन्धरले जानकारी दिनुभयो । सबैयाटाडी खेल मैदानमा हुने प्रतियोगिताको प्रायोजकमा पर्सागढी नगरपालिका रहेको छ ।
प्रतियोगिता अन्र्तगत भोलिको पहिलो खेल गोर्खा फुटबल एकेडेमी हरिवन सर्लाही र बिरगञ्ज युनाईटेड क्लब विरगञ्ज पर्साबिच हुने आयोजकले जनाएको छ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।
गुरुङले भोलिदेखि शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा बताउनुभयो । वडा नम्बर ४ का वडा सदस्य समेत रहनुभएका प्रतियोगिता संयोजक गुरुङले प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको बताउनुभयो ।
‘हामीले बिधागत पुरस्कारको समेत व्यवस्था गरेका छौ, त्यसबाहेक प्रत्यक दिन म्यान अफ द म्याचको समेत व्यवस्था गरेका छौ’ उहाले भन्नुभयो ।
















