प्रथम पर्सागढी मेयर कप : आयोजकलाई पराजित गर्दै हेटौंडा सेमिफाइनल प्रबेश

ए वान डेस्क
१४ फाल्गुन २०७९, आईतवार २१:४२

पर्साको पर्सागढी नगरपालिकामा जारी प्रथम पर्सागढी मेयर कप २०७९ मा आज हेटौंडा फुटबल एकेडेमी बिजयी भएको छ । सबैयाटाडि खेल मैदानमा आयोजक मिरमिरे युवा क्लबलाई पराजित गर्दै हेटौंडाले बिजयी शुरूवात गरेको हो । निर्धारित समयमा दुबै टिमले २-२ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा हेटौंडाले आयोजकलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । यो सङै हेटौंडा प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि बिरगंज युथ एकेडमी र गोलबजार स्पोर्ट्स क्लब सिराहाबिच खेल हुने आयोजक क्लबका अध्यक्ष सुरज मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले ५१ ह्जार रुपैया पाउने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*