प्रथम पर्सागढी मेयर कप : गोलबजार स्पोर्टस सेमिफाईल प्रवेश

ए वान डेस्क
१५ फाल्गुन २०७९, सोमबार १९:५६

ए वान डेस्क /

गोलबजार स्पोर्ट क्लब गोलबजार सिराहा प्रथम पर्सागढी मेयर कप २०७९ को सेमिफाईलनमा प्रवेश गरेको छ । सबैयाटाडी खेल मैदानमा आज भएको खेलमा विरगञ्ज युथ एकेडेमीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोलबजार सिराहा सेमिफाईल प्रवेश गरेको हो ।

अब फाईनल प्रवेशको लागी गोलबजार सिराहाले फागुन १७ गते विरगञ्ज युनाईटेडसंग पहिलो सेमिफाईनल खेल खेल्नेछ । विरगञ्ज युनाईटेड यसअघि नै हरिवन सर्लाहीलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिता अन्र्तगत भोलि विरगञ्ज सिटि फुटबल क्लब र सिमरा युनाईटेडबिच खेल हुने आयोजक क्लबका अध्यक्ष सुरज मानन्धरले जानकारी दिनुभयो । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने उहाले बताउनुभयो ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले ५१ ह्जार रुपैया पाउने प्रतियोगिता संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*