जीतपुरसिमरा १३ मा फागुन १८ देखि प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ मा प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ । डुमरवाना बिकास मञ्चको आयोजनामा फागुन १८ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ८० हजार र उप बिजेताले ४० हजार रुपैया पाउने प्रतियोगिता संयोजक प्रमोद चौधरीले जानकारी दिनुभयो । पोता खेल मैदानमा हुने प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको उहाले बताउनुभयो ।
प्रतियोगिता बारे जानकारी दिन आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ । संयोजक चौधरीले प्रतियोगिता बारे बिस्तृत जानकारी पत्रकार सम्मेलनमा गराईने बताउनुभयो ।















