प्रथम पर्सागढी मेयर कप : विरगञ्ज युनाईटेड फाईनल प्रवेश

ए वान डेस्क /
विरगञ्ज युनाईटेड क्लब विरगञ्ज प्रथम पर्सागढी मेयर कप २०७९ को फाईलनमा प्रवेश गरेको छ । सबैयाटाडी खेल मैदानमा आज भएको पहिलो सेमिफाईनल खेलमा गोलबजार स्पोर्टस क्लब सिराहालाई पराजित गर्दै विरगञ्ज युनाईटेड प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट २–२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा गोलबजार सिराहालाई ५–३ गोल अन्तरले पराजित गर्दै विरगञ्ज फाईनल प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत विरगञ्ज युनाईटेडका निरज थापा मगर म्यान अफ द म्याच घोषित भए । अब उपाधीका लागी विरगञ्जले भोलिको दोश्रो सेमिफाईनल बिजेतासंग फागुन २० गते फाईनल भिडन्त गर्नेछ ।
प्रतियोगिता अन्र्तगत भोलि हेटौडा एकेडेमी फुटबल क्लब र बिरञ्ज सिटि फुटबल क्लबबिच दोश्रो सेमिफाईनल खेल हुने आयोजक क्लबका अध्यक्ष सुरज मानन्धरले जानकारी दिनुभयो । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने उहाले बताउनुभयो ।
फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताले बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले नगद ५१ ह्जार रुपैया पाउने संयोजक राजकुमार गुरुले जानकारी दिनुभयो ।