प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता भोलिदेखि शुरु हुदै, सम्पुर्ण तयारी पुरा

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ मा भोलिदेखि प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता २०७९ शुरु हुदैछ । डुमरवाना बिकास मञ्चको आयोजनामा भोलिदेखि प्रतियोगिता शुरु हुन लागेको हो ।
प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताबारे जानकारी दिन आज सानो डुमरवानामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष जितेन्द्र चौधरीले प्रतियोगितामा १४ वटा टिमको सहभागिता हुने बताउनुभयो । फागुन २० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ८० हजार र उप बिजेताले ४० हजार रुपैया पाउने अध्यक्ष चौधरीले बताउनुभयो ।
पोता खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको संयोजक प्रमोद चौधरीले बताउनुभयो । पत्रकार सम्मेलनमा वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो । उहाले आगामी दिनमा वडाले खेलकुदको क्षेत्रमा प्रयाप्त बजेट बिनियोजन गर्ने समेत बताउनुभयो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय भलिबल रेफ्रि हिमाल केसी, क्लबका सल्लाहकार, पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगिता संयोजक प्रमोद चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो ।