प्रथम पर्सागढी मेयर कप : विरगञ्ज सिटि फुटबल क्लब फाईनल प्रवेश

ए वान डेस्क
१८ फाल्गुन २०७९, बिहीबार २०:५४

ए वान डेस्क /

विरगञ्ज सिटि फुटबल क्लब प्रथम पर्सागढी मेयर कप २०७९ को फाईलनमा प्रवेश गरेको छ । सबैयाटाडी खेल मैदानमा आज भएको अन्तिम सेमिफाईनल खेलमा हेटौंडा फुटबल एकेडेमीलाई पराजित गर्दै विरगञ्ज सिटि फुटबल क्लब प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा हेटौंडा फुटबल एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्दै विरगञ्ज फाईनल प्रवेश गरेको हो ।
अब उपाधीका लागी विरगञ्ज सिटि फुटबल क्लब र बिरगंज युनाइटेड क्लबबिच उपाधिका लागि फागुन २० गते फाईनल खेल हुनेछ ।
फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताले बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले नगद ५१ ह्जार रुपैया पाउने संयोजक राजकुमार गुरुले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*