प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधी एपीएफ पिलुवाको पोल्टामा

ए वान डेस्क
२० फाल्गुन २०७९, शनिबार २२:११

एपीएफ पिलुवाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ मा आयोजित प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधी उचालेको छ ।

फाइनल खेलमा एपीएफ महोत्तरीलाई ३–२ सेटमा पराजित गर्दै एपीएफ पिलुवाले उपाधी उचालेको हो । दुई विभागिय टिमको उपाधी भिडन्त रोमाञ्चक बनेको थियो ।

उपाधी विजेता एपीएफ पिलुवाले नगद ८० हजार र उपविजेता एपीएफ महोत्तरीले ४० हजार प्राप्त गरेको छ । मधेस प्रदेशसभाका सदस्य एवम् समापन कार्यक्रमका प्रमुख अतिथि देवनारायण चौधरीले खेलाडी र टिमलाई पुरस्कार वितरण गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नं. १३ को सहयोगमा डुमरवाना विकास मंचले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*