सिमरा भेट्रानले उचाल्यो खसी कपको उपाधि

ए वान डेस्क
२२ फाल्गुन २०७९, सोमबार २०:०६

Lसिमरा भेट्रान क्लबले बाराको सिमरामा आयोजित खसी कपको उपाधि उचालेको छ । सिमरा रंगशालामा आज भएको खेलमा एडभान्स भेट्रान क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सिमरा भेट्रानले प्रतियोगिताको उपाधी उचालेको हो । निर्धारित ५० मिनेटको खेलमा सिमरा भेट्रानलाई उपाधी दिलाउन बिश्वास शाहले निर्णायक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा एबिसी भेट्रानलाई १-० गोल अन्तरले पराजित गर्दै सिमरा भेट्रान फाईनल प्रवेश गरेको थियो । सिमरा भेट्रानका लागि उमाकान्त चौधरीले गोल गरेका थिए । यसैगरी आजै भएको दोश्रो खेलमा दुर्गामाई भेट्रानलाई १-० गोल अन्तरले पराजित गर्दै एडभान्स भेट्रान फाईनल प्रवेश गरेको हो । एडभान्स भेट्रानका लागि उमाकान्त चौधरीले गोल गरेका थिए । रंगहरुको पर्व होलिको अवसरमा आयोजित एकदिने मैत्रीपुर्ण फुटबल प्रतियोगितामा ४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सिमरा भेट्रान क्लब, एडभान्स भेट्रान, दुर्गामाई भेट्रान र एबिसी भेट्रानको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत सिमरा भेट्रानका बिश्वास शाह म्यान अफ द म्याच घोषित भए । प्रतियोगितापछि सहभागिहरुले एक आपसमा शुभकामना आदान प्रादान गरि रंग लगाएर होलि मनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*