जीतपुरसिमरा : हिउदे अधिवेशन अन्यौलमा, चैत्र १० मा बस्ला त ?

ए वान डेस्क
३० फाल्गुन २०७९, मंगलवार १४:३२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको हिउदे अधिवेशन अन्यौलमा परेको छ । पटक पटक मिति तय गरिएपनि उपमहानगरपालिकाले नगरसभा नबोलाउदा हिउदे अधिवेशन अन्यौलमा परेको हो ।

अब कहिले होला ?

जीतपुरसिमरा उपमहानगरपालिकाले यसअघि पुष २५ गतेका लागि हिउदे अधिवेशन गर्ने निर्णय गरेको थियो । तर प्राविधिक कारण देखाउदै पुष २५ गतेका लागि बोलाईएको अधिवेशन पनि सार्यो । त्यसको झण्डै २ महिनापछि फागुन १८ गते बसेको कार्यपालिकाको बैठकले चैत्र १० गते हिउदे अधिवेशन गर्ने निर्णय गर्यो । जसको लागि उपमहानगरपालिकाले चैत्र ६ गते कार्यपालिकाको बैठक पनि बोलाएको छ ।

फागुन १८ गते बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (१) बमोजिम सातौ नगरसभा सञ्चालन गर्न कार्यतालिका तय गर्ने निर्णय गरेको थियो । जस अनुरुप उपमहानगरपालिकाले फागुन ३० गते अर्थात आजसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रम पठाउन वडालाई भनेको थियो । यस्तै बिषयगत शाखाहरुले कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रम संशोसन गरी पठाउन समेत नगरले आजसम्मको समय दिएको थियो ।

बिहिबार कार्यपालिकाको बैठक

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले चैत्र १० गतेका लागि हिउदे अधिवेशन बोलाईएको बताउनुभयो । ए वान समाचारसंगको कुराकानीमा उहाले अधिवेशनको तयारीका लागि बिहिबार कार्यपालिकाको बैठक बोलाईएको बताउनुभयो ।

‘हामीले हिउदे अधिवेशन गर्ने गरी तयारी थालिसकेका छौ, त्यसैको लागि आउने बिहिबार कार्यपालिकाको बैठक पनि बोलाएका छौ’ उहाले भन्नुभयो ।

के–के हुन्छ हिउदे अधिवेशनमा ?

विशेषतः हिउदे अधिवेशन कानुन निर्माणको बिषयमा केन्द्रित हुने गर्दछ । स्थानीय तहको लागि आवश्यक पर्ने कानुन र कार्यविधिलाई अन्तिमरुप दिनि पनि हिउदे अधिवेशन बोलाउने गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले हिउदे अधिवेशनमा कानुन निर्माणको बिषयमा छलफल हुने बताउनुभयो । उहाले अधिवेशनमा झण्डै ११ वटा कानुन र कार्यविधि प्रस्तुत गर्ने तयारीमा आफुहरु रहेको बताउनुभयो । ‘हामीले १०, ११ वटा कानुन र कार्यविधि तयार पारेका छौ, त्यसलाई अधिवेशनबाट पास गर्ने तयारीमा हामी छौ’ उहाले भन्नुभयो । उहाले अधिवेशनमार्फत संसोधित बजेट पनि ल्याउने तयारीमा आफुहरु लागेको बताउनुभयो ।

अधिवेशनमा आर्थिक वर्ष २०७९/८० मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने बताईएको छ । यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल हुने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*