जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाईज यसरी पुग्यो फाईनलमा, पहिलो सहभागितामै उत्कृष्ट प्रदर्शन

ए वान डेस्क
१६ चैत्र २०७९, बिहीबार २१:४७

ए वान डेस्क /

चर्च ब्वाईज युनाईटेड क्लब जगदम्बा १३औ जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा न्युरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाईजको जितमा जर्सि नम्बर ९ का बिदेशी खेलाडी ओसो बेनेपा र जर्सि नम्बर ११ का रंजित पाण्डेले १–१ गोल अन्तरले गोल गरेका थिए । निकै रोमाञ्चक अनि प्रतिस्पर्धा बनेको खेलमा एनआरटीले थुप्रै अवसर पाएपनि अवसरको सदुपयोग गर्न सकेन् । जीतपुरसिमरा गोल्डकपमा पहिलो सहभागिता जनाएको चर्च ब्वाईजका लागि जर्सि नम्बर ९ का बिदेशी खेलाडी ओसो बेनेपाले पहिलो गोल गरेका थिए ।

पहिलो हाफको १६औ मिनेटमा पेनाल्टी सुटआउटमा शुरुवाती गोल गर्दै बेनेपाले १–० को अग्रता दिलाएका थिए । चर्च ब्वाईजका लागी जर्सि नम्बर ११ का खेलाडी रंजित पाण्डेलाई एनराटीका खेलाडीले डिबक्समा फल गरेपछि चर्च ब्वाईजले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई गोलमा परिणत गर्दै चर्च ब्वाईले शुरुवाती अग्रता लिएको हो । खेलको दोश्रो हाफमा पुनः १ गोल गर्दै चर्च ब्वाईले सहज जित निकालेको हो ।

दोश्रो हाफपछि दबाबमा खेल खेलेको एनआरटीको लागी चर्च ब्वाईजको दोश्रो गोल मंहगो साबित भयो । दोश्रो हाफको ५२औ मिनेटमा चर्च ब्वाईजका लागी जर्सि नम्बर ११ का रंजित पाण्डेले एक गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । एनआरटीका गोल रक्षक पुजन होनाको कमजोरीको फाईदा उठाउदै पाण्डेले गोल गरे ।

साबिक बिजेतासमेत रहेको एनआरटी दोश्रो हाफपछि खेलमा फर्कन खोजेपनि सफल भएन् । एनआरटी विरगञ्ज युनाईटेडलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको थियो भने चर्च ब्वाईज युनाईटेड एपिएफलाई पराजित गर्दै फाईनलको यात्रा तय गर्न भएको थियो । प्रतियोगिता अन्र्तगत उपाधीको लागी अब फाईनल भिडन्त चर्च ब्वाईज युनाईटेड र हिमालयन शेर्पा क्लबबिच हुनेछ ।

चैत्र १८ गते हुने फाईनल खेलमा दुई टिम जितको खोजिमा हुनेछन् । हिमालय शेर्पा क्लबले यसअघि जीतपुरसिमरा गोल्डकपको उपाधी उचालिसकेको छ भने चर्च ब्वाईजले पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

चैत्र ९ गतदेखि शुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १० लाख र उप बिजेताले नगद ५ लाख रुपैया प्राप्त गर्नेछन् । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा भईरहेको प्रतियोगिताको समापन कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव आउनुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*