प्रेस सेन्टर नेपाल बाराको प्रथम साधारण सभा सम्पन्न

ए वान डेस्क
१८ चैत्र २०७९, शनिबार १६:५८

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बिच प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष देवकोटाले सत्य तथ्य समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्नुभयो । उहाले सामाजिक सञ्जालमा लेख्नु र पत्रकारिता गर्नु फरक कुरा भएको बताउनुभयो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, सचिव राजु विश्वकर्मा, मधेस प्रदेश प्रमुख किरण कर्ण, संविधान सभा सदस्य जयराम दाहाल, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी, केन्द्रीय सदस्य महेश्वर अधिकारी, नेपाली काँग्रेस नगर सभापति छवि शर्मा, नेपाल पत्रकार महासँघ मधेश प्रदेश सदस्य लक्ष्मी खरेल, बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस यूनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस चौतारीका पुष्पराज खतिवडा, चेम्बर अफ कमर्सका अध्यक्ष रुपेस पोखरेल, नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा, बुद्धिजीबी राजु अधिकारी, सञ्चारकर्मी उपेन्द्र ठाकुर , गढीमाई साझेदारी वनका अध्यक्ष गणेशजी साहलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका बिच प्रेस सेन्टरका संस्थापक अध्यक्ष गम्भिरा सहनी, पूर्व अध्यक्ष राम बाबु मेहता, महेश्वर अधिकारी, वरिष्ठ पत्रकार विदुर खड्का, फैजुल्ला आलम लगायतलाई प्रेस सेन्टरका हक हित तथा यसमा आवद्ध सञ्चारकर्मीहरुलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो ।
प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष प्रियंका कुमारी सोनीले स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन उपाध्यक्ष प्रदिप गौतमको रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*