प्रथम वडा कप : बकुलिया ११ विजयी, आज आयोजक र सिमरा भिड्ने

ए वान डेस्क
२७ चैत्र २०७९, सोमबार १२:१९

ए वान डेस्क /

जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा जारी प्रथम वडा कप फुटबल प्रतियोगितामा बकुलिया ११ विजयी भएको छ । खैरवा खेल मैदानमा आईतबार भएको दोश्रो खेलमा बढनिहार युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै बकुलिया ११ ले विजयी शुरुवात गरेको हो ।

पहिलो हाफअघि १ गोल गरेको बकुलियाले दोश्रो हाफपछि दुई गोल गरेको थियो । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विरगञ्ज युथ क्लब विरगञ्ज, थारु ११ बारा, सिमरा भेट्रान क्लब सिमरा, आयोजक ११, बकुलिया ११ बकुलिया, बढनिहार युवा क्लब पर्सागढी, बारा ११ र रामबन टाडी युवा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार २५ रुपैया र उप बिजेताले नगद २५ हजार २५ रुपैया पाउने प्रतियोगिताका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको मिडिया पार्टनरमा ए वान समाचार डटकम र रेडियो समर्पण ९८.२ मेगाहर्ज रहेको छ ।

आजको खेल

प्रतियोगिता अन्र्तगत आज आयोजक ११ र सिमरा भेट्रान क्लबबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउसा ३ बजेदेखि शुरु हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*