प्रथम वडा कप : सिमरा भेट्रान सेमिफाइनलमा प्रवेश, आज बारा ११ र रामबनटाडि भिड्ने

जीतपुरसिमरा उपममहानगरपालिका वडा नम्बर ११ मा जारी प्रथम वडा कप फुटबल प्रतियोगितामा सिमरा भेट्रान क्लब विजयी भएको छ । खैरवा खेल मैदानमा सोमबार भएको तेस्रो खेलमा आयोजक ११ लाई २-० गोल अन्तरले पराजित गर्दै सिमरा भेट्रान क्लबले विजयी शुरुवात गरेको हो ।
बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विरगञ्ज युथ क्लब विरगञ्ज, थारु ११ बारा, सिमरा भेट्रान क्लब सिमरा, आयोजक ११, बकुलिया ११ बकुलिया, बढनिहार युवा क्लब पर्सागढी, बारा ११ र रामबन टाडी युवा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार २५ रुपैया र उप बिजेताले नगद २५ हजार २५ रुपैया पाउने प्रतियोगिताका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको मिडिया पार्टनरमा ए वान समाचार डटकम र रेडियो समर्पण ९८.२ मेगाहर्ज रहेको छ ।
आजको खेल
प्रतियोगिता अन्र्तगत आज बारा ११ र रामबन टाडि युवा क्लबबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।