चौथो बकुलिया गोल्डकप बैशाख २३ देखि हुने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा चौथो बकुलिया भवानिपुर गोल्डकप हुने भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा बैशाख २३ गतेदेखि प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारी गराउन बकुलियामा आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । बैशाख २९ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा बिरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपिएफ बर्दिवास, जन उत्थान क्लब सिन्धुली, सर्लाही क्लब, चितवन फुटबल क्लब, बिरगञ्ज युथ एकेडेमी र आयोजक बकुलिया भवानिपुरको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता मुल आयोजक समितिका अध्यक्ष घनश्याम चौधरीले प्रतियोगिताको बिजेताले १ लाख ७५ हजार र उप बिजेताले ७५ हजार रुपैया पाउने बताउनुभयो । अध्यक्ष चौधरीले प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याच र बिभिन्न बिधागत पुरस्कार समेत प्रदान गरिने बताउनुभयो ।
प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उपमहागनरपालिका वडा नम्बर ५ को कार्यालय रहेको छ । प्रतियोगिता सञ्चालनको निम्ति वडा नम्बर ५ को कार्यालयले ५ लाख रुपैया प्रदान गरेको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण समेत गरिने अध्यक्ष चौधरीले बताउनुभयो । उहाका अनुसार प्रतियोगिताको कुल लागत १५ लाख रुपैया रहेको छ ।

यसअघि पत्रकार सम्मेलनको बारा क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा चौधरीले प्रतियोगिता सञ्चालनको निम्ति आफुले सकेको सहयोग गर्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले खेल क्ष्ँेत्रको विकासमा वडाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतियोगिता समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा सदस्य ईश्वर चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा वडा नम्बर ५ का बिभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, खेलप्रेमी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।















