औराहामा ४५ दिने सिलाई कटाई तालिम शुरु

ए वान डेस्क /
जीतपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ४ औराहामा ४५ दिने सिलाई कटाई तालिम शुरु भएको छ । वडा कार्यालयको सहयोग तथा सान वेभ् मिडिया प्रा.लि सिमराको आयोजनामा आजदेखि तालिम शुरु भएको हो ।
तालिमको एक कार्यक्रमकाबिच वडा नम्बर ४ का वडा अध्यक्ष भोज बहादुर खत्री ईश्वरले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खत्रीले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
महिलाहरुलाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको भन्दै उहाले बुझ्ने गरी सिक्न सहभागिलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै वडा सदस्य नसिम हुसेनले तालिम उपलब्धीमुलक हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
उहाले सक्षम र आत्मनिर्भर बन्न वडाले सिलाई कटाई तालिमको आयोजना गरेको बताउनुभयो । सान वेभ् मिडिया प्रा.लिका प्रबन्ध निर्देशक प्रदिप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव रंजिता अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । तालिममा ४७ जना महिलाहरुको सहभागिता रहेको छ ।