बारासहित यी जिल्लामा आज र भोलि चल्न सक्छ तातो हावा, सतर्कता अपनाउन मौसमविद्को आग्रह

ए वान डेस्क
२ असार २०८०, शनिबार ०७:३१

केही दिनकाे अन्तरालमा वर्षा भइरहे पनि फेरि चर्किने घाम र ताताे हावाका कारण खासगरी तराईमा गर्मी अत्यधिक भइरहेकाे छ । कतिपय ठाउँमा त बिहान ९ बजेपछि साँझ ५ बजेसम्म घरबाट बाहिर निस्कनै नसक्ने गरी दिन गर्माउने गरेकाे छ । केही जिल्लामा हावा र पानी नै ताताे हुँदा जनजीवन कष्टकर बनेकाे छ ।

यस्ताे गर्मीकाे सम्भावना बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक रहेकाे देशभर तापक्रमको अवस्थाबारे विश्लेषणले देखाउँछ । यसैगरी कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा तापक्रम केही घटे पनि गर्मीको सम्भावना यथावत् भएकाले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ । यी जिल्लामा आज असार २ गतेदेखि भाेलि असार ३ गतेसम्म तातो लहर (Heat Wave) को सम्भावना रहने महाशाखाकाे भनाइ छ ।

अत्याधिक गर्मी तथा हावाहुरीबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् । तातो हावा तथा लूले असर गर्दा थकाइ लाग्ने, कमजोरी महसुस हुनेजस्ता लक्षण देखा पर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*