सिमरामा रंगशालामा शुरु भयो दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता

ए वान डेस्क
११ असार २०८०, सोमबार २०:४२

बाराको सिमरामा दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० शुरु भएको छ । मधेश प्रदेश फुटबल संघको आयोजनामा सिमरामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबिच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशको खेल क्षेत्रको विकासमा विशेष योजना बनाईनुपर्ने बताउनुभयो ।

उहाले खेल क्ष्ँेत्रमार्फत समाजको विकास गर्न सकिने भन्दै समबद्ध सबै पक्ष एक हुनुपर्नेमा जोड दिनुभयो । फुटबल खेलले मधेश प्रदेशलाई चिनाएको भन्दै मिश्रले यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका मन्त्री महेश प्रसाद यादवले मधेशको खेल विकासमा मन्त्रालयले विशेष भुमिका खेल्ने बताउनुभयो । उहाले मधेश प्रदेशको खेल र खेलाडीको विकास गर्न सरकार गंभिर रहेको समेत बताउनुभयो ।

बारा क्ष्ँेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको विकासमा प्रदेश सरकारले चासो दिनुपर्ने बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सिमरा रंगशालाको पुर्वाधार विकासमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले मधेश प्रदेशलाई खेलकुदले चिनाएको बताउनुभयो । कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य युवराज भट्राई समिर, मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयका उप सचिव महेन्द्र महत्तो, ज्वाला दल गण बाराका प्रमुख सेनानी भुपेन्द्र गोदार, सेनानी दिपेश अर्याल, सशस्त्र प्रहरीका डिएसपी रबिन सिल्वाल, जीतपुरसिमरा १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, २ का अध्यक्ष धन बहादुर श्रेष्ठ, ५ का अध्यक्ष दिपेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी लगायतको उपस्थिति रहेको थियो ।

मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीको अध्इक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो । सिमरा रंगशालामा शुरु भएको प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउनेछन् । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुनेछ ।

रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*