जीतपुरसिमरा : कक्षा ८ मा उत्कृष्ट नजिता ल्याउने बिद्यालय र बिद्यार्थीलाई सम्मान

ए वान डेस्क
२६ असार २०८०, मंगलवार १८:२८

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र बिद्यार्थीलाई सम्मान गरेको छ । शिक्षा, युवा तथा खेलकुद महाशाखा जीतपुरसिमराले आज एक कार्यक्रमकाबिच २०७९ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गरेको हो ।

यसबर्ष जीतपुरसिमराले नै आधारभुत तह कक्षा ८ को परिक्षा लिएको थियो । कार्यक्रमकाबिच उपमहानगरपालिकाले एउटा बिद्यालय, सामुदायिक बिद्यालयका ४ जना र संस्थागत बिद्यालयका ५ जना बिद्यार्थीलाई सम्मान गरेको थियो ।

सो अवसरमा नगर प्रमुख राजन पौडेलले बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रीसहित नगद हस्तान्तरण गर्नुभएको थियो । सम्मानित हुनेमा संस्थागत बिद्यालयतर्फ वडा नम्बर १७ मा रहेको मिसन एकेडेमी उचिडि रहेको थियो ।

परिक्षामा मिसन एकेडेमी उचिडिले शत प्रतिशत नतिजा ल्याउन सफल भएको थियो । कार्यक्रमकाबिच नगर प्रमुख पौडेलले प्रिन्सिपल गोरे लामालाई नगद ५००० प्रदान गर्नुभएको थियो ।

नगरको शिक्षा सुधार अभियान थालेको उपमहानगरपालिकाले पहिलो पटक यसबर्ष कक्षा ८ को परिक्षा लिएको थियो । उपमहानगरले पहिलो पटक लिएको परिक्षाको चौतर्फी प्रशंसा समेत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*