नगवामा चल्यो विरगञ्ज महानगरको डोजर

ए वान डेस्क
१० श्रावण २०८०, बुधबार २०:३५

वीरगञ्ज, १० साउन

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।

स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो ।
आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसँगै अतिक्रमण गरेर निर्माण गरेको संरचना महानगरले हटाइएको हो ।

सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताउनुभयो ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढेको छ । सोही अनुसार आज नगवाको नयाँ गाउँमा सडक अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।

अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*