सिमरा रंगशालाको विकास गर्न संघिय सरकार गंभिर छ : खेलकुद मन्त्री लिम्बु

ए वान डेस्क
१३ श्रावण २०८०, शनिबार १९:५७

ए वान डेस्क /

संघिय सरकारका खेलकुद मन्त्री दिक बहादुर लिम्बुले सिमरा रंगशालाको विकास गर्न सरकार गंभिर रहेको बताउनुभएको छ । ११औ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिषयमा छलफल गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले यस्तो बताउनुभएको हो ।

मन्त्री लिम्बुले सिमरा रंगशालाको स्तरउन्नती गर्न संघिय सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेको भन्दै तिन वटै सरकार एकहुनुपर्नेमा जोड दिनुभयो । ‘केन्द्रबाट हामीले बजेट छुट्टाईसकेका छौ, अब स्थानीय सरकार र प्रदेश सरकारले पनि विशेष चासो दिनुपर्ने हुन्छ, मलाई बिश्वास छ तिन वटै सरकार एक भयौ भने सिमरा रंगशालाको पक्कैपनि विकास हुन्छ’ मन्त्री लिम्बुले भन्नुभयो ।

मन्त्री लिम्बुले ११औ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा गर्ने गरी छलफल भईरहेको बताउनुभया । उहाले सिमरा रंगशालामा प्रतियोगिता आयोजना गर्ने बिषयमा पनि छलफल भईरहेको बताउनुभयो ।

सो अवसरमा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र बुझाउदै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ११औ राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गरिनुपर्ने बताउनुभयो । पौडेलले सिमरा रंगशाला र यस क्षेत्रको खेलको विकासमा संघिय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउलेले गर्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न खेल क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*