नेरामावि सिमराको पोसाक तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

ए वान डेस्क
३१ श्रावण २०८०, बुधबार ०९:१९

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराले पोसाक तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ । मंगलवार विद्यालयको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा वोल्दै जीतपुरसिमरा उपमहानगरपालीका प्रमुख राजन पौडेलले निर्वाचन जिते लगत्तै पदभार ग्रहण कार्यक्रममा घोषणा गरेको आयोजनालाई सम्पन्न गरेको बताए ।

उनले शिक्षा क्षेत्रमा सवैको सकारात्मक सहकार्य आवश्यक रहेको भन्दै वालवालिकाको सम्मुनत शैक्षिक विकासको समेत कामना गरे ।

विद्यालयमा अध्ययनरत् कक्षा १ देखी ८ सम्मका सवै छात्राहरु र दलित विद्यार्थीहरु करिव ४ सय लाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी वालविकास देखी कक्षा ५ सम्मका सवै वालवालिकाहरुलाई पोसाक वितरण गरिएको विद्यालयका लेखा अधिकृत उद्धव अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नगरका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, वडा नम्बर २ का वडा अध्यक्ष धन वहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गंगा वस्नेत, सदस्य कृष्ण कुमार अधिकारी, बिद्यालयका प्रधानाध्यापक शंकर कुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, खेम सुवेदी लगाएत शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

विद्यालयका शिक्षक गोपी अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*