सिमरामा असोज ७ गतेदेखि तेस्रो अन्तराष्ट्रिय भेट्रान प्रतियोगिता हुने
ए वान डेस्क /
बाराको सिमरामा तेस्रो अन्तराष्ट्रिय भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरामा प्रतियोगिता हुन लागेको हो । सिमरा रंगशालामा असोज ७ गतेदेखि सञ्चालन हुने प्रतियोगिता असोज १३ गतेसम्म चल्नेछ ।
प्रतियोगिता आयोजना गर्ने बिषयमा सिमरा भेट्रान क्लबले निर्णय गर्दै तयारी समिति समेत गठन गरेको छ । सिमरा रंगशालामा शनिवार बसेको बैठकले प्रतियोगिता आयोजना गर्न अध्यक्ष राज कपुर राउत विजयको अध्यक्षतामा तयारी समिति गठन गरेको छ ।
बैठकले प्रतियोगिताको सचिवालय गठन गर्ने समेत निर्णय गरेको छ । आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयले प्रतियोगिताबारे पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिईने बताउनुभयो ।
स्वर्गिय मञ्जुदेखि गुप्ताको स्मृतीमा आयोजना गर्न लागिएको प्रतियोगिता सिमरा रंगशालामा रात्रीकालिन समयमा हुनेछ ।















