सिमरा खानेपानीको २१औ साधारणसभा स्थगित, असोज ९ गते हुने

ए वान डेस्क
३ भाद्र २०८०, आईतवार ०८:४८

सिमरा खानेपानी तथा उपभोक्ता सरसफाई समितिको शनिवार हुने भनिएको २१औं साधारणसभा स्थगित भएको छ । समितिको विधानअनुसार ५१ प्रतिशत उपभोक्ताको उपस्थिती नभएपछि साधारणसभा स्थगित गरिएको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले विधानअनुसार ५१ प्रतिशत उपस्थिती नभएपछि साधारणसभा स्थगित गरिएको बताए । हुसेनले साधारणसभा स्थगित भएको मितिले सात दिनभित्र अर्को साधारणसभा बोलाउनुपर्ने प्रावधान रहेको हुँदा भदौ ९ गतेको मिति तोकिएको समेत जानकारी दिए ।

हुसेनले भदौ ९ गतेका लागि तोकिएको साधारणसभामा उपस्थित हुन सबै उपभोक्तालाई आग्रह गरेका छन् । समितिको कार्यालयका सूचना अधिकारी निर्जल घिमिरेले गणपूरक संख्या नपुगेको कारण स्थगित भएको र दोस्रोपटक भदौ ९ गतेका लागि बोलाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*