सिमरामा सुपर मार्केट बनाउन माटो परिक्षण शुरु
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले बाराको सिमरामा सुपर मार्केट बनाउनको लागी माटो परिक्षण शुरु गरेको छ । वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा उपमहानगरपालिकाले सुपर मार्केट बनाउनको लागी माटो परिक्षण शुरु गरेको हो ।
नगर विकास कोषको लगानीमा निर्माण गर्ने तयारी गरिएको सुपर मार्केट ५ तल्लाको हुनेछ । व्यवस्थित पार्किङसहितको सुपर मार्केट निर्माणको लागी प्रारम्भिक रुपमा माटो परिक्षण थालिएको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बताउनुभयो । उपमहानगरपालिकाले निर्माण सुरु भएको २ बर्ष भित्रमा सुपर मार्केट सञ्चालन गर्ने तयारी गरेको छ ।
तर पछिल्लो समय सो जग्गामा बर्सौदेखि व्यवसाय गर्दै आएकाहरुले भने आफुहरुको उचित व्यवस्थापन गरिनुपर्ने माग राख्दै बिरोध जनाईरहेका छन् ।
















