विरगञ्जसंगको सम्झौतापछि उठ्न थाल्यो जीतपुरसिमराको फोहोर

फाईल फोटो
ए वान डेस्क
८ भाद्र २०८०, शुक्रबार ०८:०९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहोर उठ्न थालेको छ । महिनौदेखि ल्याण्डफिल साईटको अभावमा नउठेको फोहोर विरगञ्ज महानगरपालिकासंगको सम्झौतापछि भने उठ्न थालेको हो ।

फोहोर व्यवस्थापनका लागि मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका र वीरगंज महानगरपालिकाबीच पाच बुँदे सम्झौता भएको थियो । तत्कालको समस्या समाधानका लागी विरगञ्जसंग सम्झौता भएपछि फोहोर उठ्न थालेको नगर प्रमुखका स्वकिय सचिव उदय श्रेष्ठले जानकारी दिनुभयो ।

विरगञ्ज महानगरपालिकासंग जीतपुरसिमरा उपमहानगरपालिकाको क्षेत्रबाट उत्सर्जन हुने फोहोर वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइट) मा विसर्जन गर्ने सहमती भएको छ । जीतपुरसिमरामा फोहोर व्यवस्थापन असहज बन्दै गएपछि उपमहानगरपालिकाको कार्यालयले फोहोर वीरगंज लगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*