टी-२० सिरिज : उपाधिका लागि आज नेपाल हङकङसँग भिड्दै

ए वान डेस्क
९ भाद्र २०८०, शनिबार ०८:०८

चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधिका लागि आज नेपालले फाइनलमा हङकङको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई एक पटक हराइसकेको छ।

फाइनल खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ।

नेपाल सिरिजमा दुई खेल र एक हारपछि ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो ।

हङकङको पनि समान ४ अंक भए पनि नेट रनरेटको हिसाबमा दोस्रो स्थानमा रह्यो। नेपालसँग पराजित भएको हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराएको थियो।

उता अन्तिम खेलमा नेपाललाई हराएको मलेसियाको पनि समान ४ अंक नै थियो। तर अन्तिम खेलमा जितका बाबजुद नेट रनरेटमा तालिकामा तेस्रो स्थानमा रहँदा मलेसिया फाइनलमा पुग्न सकेन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*