प्रथम कलैया भेट्रान कपको तयारी तिब्र

ए वान डेस्क
१३ भाद्र २०८०, बुधबार ०९:२२

ए वान डेस्क /

बाराको सदरमुकाम कलैयामा हुन लागेको प्रथम कलैया भेट्रान गोल्डकप २०८० को तयारी तिब्र रुपमा भईरहेको छ । सहयोगी फुटबल क्लबको आयोजनामा कलैयाको सिद्धेश्वर बिद्यालयमा हुन लागेको प्रतियोगिताको तयारी तिब्र रुपमा भईरहेको हो ।

आयोजक क्लबका अध्यक्ष बिनोद गुप्ताका अनुसार अहिले फिल्ड मर्मतको काम भईरहेको छ । फिल्ड मर्मत बाहेक प्रचार प्रसार लगायतका काम पनि भईरहेको भन्दै अध्यक्ष साहले प्रतियोगितालाई भब्य बनाउने तयारी लागेको बताउनुभयो ।

हामी अहिले धमाधम प्रतियोगिताको तयारी गरिरहेका छौ, छिट्टै पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे बिस्तृत जानकारी गराउनेछौ :ः अध्यक्ष गुप्ता

कलैयाको सिद्धेश्वर बिद्यालयमा भदौ २३ गतेदेखि शुरु हुने प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले नगद ५१ ह्जार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने गुप्ताले जानकारी दिनुभयो ।

प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*