शिक्षक पासवानलाई सिमरा स्कुलमा हाजिर गराउने जीतपुरसिमराको तयारी

ए वान डेस्क
१७ आश्विन २०८०, बुधबार १४:२९

शिक्षक ब्रहमदेव पासवालाई नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालय सिमरामा हाजिर गराउने जीतपुरसिमरा उपमहानरपालिकाले तयारी गरेको छ । नगर प्रमुख स्तरीय निर्णय गर्दै मेयर राजन पौडेलले शिक्षक पासवानलाई सिमरा स्कुलमै हाजिर गराउने तयारी गर्नुभएको हो ।

शिक्षक पासवानलाई आजै सिमरा स्कुलमा हाजिर गराउने तयारी भईरहेको नगर प्रमुखको सचिवालयले जनाएको छ । नगर प्रमुखका स्वकिय सचिव रामकृष्ण श्रेष्ठले नगर प्रमुख स्तरीय निर्णयबाट शिक्षक पासवानलाई सिमरा स्कुलमै हाजिर गराउने तयारी भईरहेको बताउनुभयो ।

शिक्षक पासवानलाई सिमरा स्कुलमा हाजिकर गराउन वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र सिमरा स्कुलमा प्राचार्य शंकर आचार्य अहिले उपमहानगरपालिकाको कार्यालयमा हुनुहुन्छ । अहिले केहिबेरमा शिक्षक पासवानलाई सिमरा स्कुलमा ल्याएर हाजिर गराउने तयारी भईरहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*