जन्मदिनमा माओवादी नेता साहले टाँगियाबस्तीमा बाडे शैक्षिक सामाग्री

ए वान डेस्क
१७ आश्विन २०८०, बुधबार १४:४०

नेकपा माओवादी केन्द्रकाा नेता मुकेश साहले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । माओवादी केन्द्र कलैया नगर कमिटिका अध्यक्ष समेत रहनुभएका साहले जन्मदिनको अवसरमा मंगलबार शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित शान्ति अधारभुत बिद्यालय टाँगिया बस्तीका २ सय जना बिद्यार्थिहरुलाई साहले कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री बितरण गर्नुभएको हो । बिद्यालयमै पुगेर साहले शैक्षिक सामाग्री वितरण गर्दै शिक्षाको गुणस्तर बृद्धि गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक साम्रगी बितरण गरिएको उहाले बताउनुभयो । बिद्यार्थीहरुको पठन पाठनमा केहि हदसम्म भएपनि सहज होस र बिद्यार्थीको मनोबल पनि बढोस् भन्ने उदेश्यका साथ आफुले शैक्षिक सामग्री बितरण गरेको बताउँनुभयो ।

शैक्षिक समग्री बितरण गरेपछि बिद्यार्थीहरु खुसि भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*