घण्टीमाई साकोसको अध्यक्षमा पुन :सिम्खडा
घण्टीमाई बचत तथा ऋण सहकारी सँस्था औराहाको अध्यक्षमा पुनःकोपिला सिम्खडा निर्वाचित भएकी छिन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ औराहामा भएको ११ औँ बार्षिक सधारण सभा सहितको अधिवेशनले सिम्खडाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती सर्बसम्मत रुपमा चयन गरेको हो ।
नव निर्वाचित समितीको उपाध्यक्षमा भुव प्रसाद ढकाल ,सचिवमा त्रिलोक बिक्रम साह,सह सचिवमा सुकदेव सिम्खडा र कोषाध्यक्षमा कमल पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा तोयानाथ लुईटेल,माधव प्रसाद सापकोटा ,रुद्र प्रसाद खतिवडा,प्रेम कुमारी ढकाल,सुशिला खनाल अधिकारी,सुधा ओलि,पुनम कुमारी ओली र निल सिग्देल खड्का रहेको निर्वाचन अधिकृत डम्बर खड्काद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
यता घण्टीमाई साकोसको लेखा परिवेक्षण समिती नवराज न्यौपानेको संयोजकत्वमा तीन सदस्सीय समिती गठन गरिएको छ । जसको सदस्यहरुमा सबिता तिबारी र जानुका भण्डारी रहेका छन् ।
निर्वाचित पदाधिकारीहरुको सपथ तथा पद भार कार्यक्रम असोज २० गते कार्यालय भवनमा हुने निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।















