अन्तत: पुरानै स्कूल फर्किए ब्रहमदेव सर !

ए वान डेस्क
१८ आश्विन २०८०, बिहीबार ०९:३१

जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ स्थित नेरामावि सिमराका शिक्षक ब्रहमदेव पासवान पुरानै स्कूल फकिएका छन् । उपमहानगरको शिक्षा शाखाले आज उनको सरुवा पुरानै स्कूलमा गरेपछि उनी पुरानै स्कूल फर्किएको जनाए ।

५८ वर्षिय प्राथमिक द्वितिय श्रेणीका शिक्षक पासवान अवकाश प्राप्त हुन २ वर्ष मात्रै बाँकी छ । तर गत असोज ७ गते सिमराबाट १५ किलोमिटर टाढा अपायक पर्ने स्थान जितपुरसिमरा–२४ हरपुरमा सरुवा गरेको थियो । तर उक्त स्कूलले उनलाई हाजिर नगराएपछि असोज ८ गतेदेखि पुनः उनी उपमहानगरपालिकाको शिक्षा शाखामै हाजिर गर्दै आएका थिए ।

विद्यालयमा मनमुटावको कारण उनलाई अपायक विद्यालयमा सरुवा गरेको उनले बताएका छन् । सरुवा गरिएको विद्यालयमा मावि तहको शिक्षक चाहिएकोले उनलाई हाजिर नगराई फर्काइएपछि उनी विच्चलीमा परेका थिए ।

दशै,तिहार जस्तो चाडबाडको बेला विद्यालयमा हाजिर नगरी उपमहानगरमा हाजिर हुदै आएका शिक्षक पासवानको कथा मिडियामार्फत प्रकाशमा आएपछि उनी समाजिक सञ्जाल एवं सञ्चारमाध्यममा भाइरल भएका थिए । त्यसपछि उनलाई न्याय दिइनु पर्छ भन्ने ट्रोल गरिएको थियो ।

अन्तत उनी हाजिर भएपछि एक इमान्दार शिक्षकले न्याय पाएको सबैले प्रशंसा गरिएका छन् । ४१ वर्ष शिक्षक पेशमा लागेका पासवानको घरमा दुई छोरा–बुहारी,४ नातिनतिना एवं श्रीमति छन् । ४१ वर्षे सेवा अवधीमा उनले जम्मा सिमरामा ८ धुर र पुरानो घर बारा,प्रसौनी गापा ७ बलुवामा १०धुरा गरी जम्मा १८ धुर घडेरी बाहेक केही जोडन नसकेको समेत उनले बताएका छन् । उपमहानगरको शिक्षा शाखाको सरुवामा गरिएको ज्यादतीको कारण उनले राजिनामा दिने सोचमा पुगेको भन्दै मिडियामा रोएको भिडियो भाइरल भएको थियो ।

त्यसपछि उनलाई उपमहानगरले पुरानै स्कूलमा फर्काएर व्यवस्थापन गरेको छ ।२०३९ सालदेखि टेस्ट परिक्षा पास गरी ज्यालादारीमा काम शुरु गरेको शिक्षक पासवान २०४१ माघ ८ गतेदेखि अस्थायी नियुक्ती भएको थिए भने २०४८ वैशाख १८ मा स्थायी भएको थिए ।

विद्यालयमा शिक्षण गर्न नपाएने भएपछि फोकटको तलब नपाउने गरी उनी राजिनामा गरी मासिक २९ हजार पेन्शन उठाएर जीवन गुजारा गर्ने निर्णय समेत गरिसकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*