विश्वकप क्रिकेट आजदेखि, पहिलो खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

ए वान डेस्क
१८ आश्विन २०८०, बिहीबार १०:४६
The International Cricket Council (ICC) Men's Cricket World Cup Trophy on display during the 2nd ODI cricket match between West Indies and India, at Kensington Oval in Bridgetown, Barbados, on July 29, 2023. India will host the 13th edition of the ICC World Cup from 5 October to 19 November 2023. (Photo by Randy Brooks / AFP) (Photo by RANDY BROOKS/AFP via Getty Images)

एजेन्सी : एकदिवसीय विश्वकप क्रिकेट आज (बिहीबार) देखि भारतमा सुरु हुँदैछ। १३ औं संस्करणको आईसीसी विश्वकप २०२३ को उद्घाटन खेलमा साविक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन्।

उद्घाटन खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समय अनुसार दिउँसो २:१५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ।

यी दुवै टिम विश्वकप उपाधिका प्रबल दाबेदार हुन्। २०१९ को गत विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई नै हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो। न्युजिल्यान्ड आज उक्त हारको बदला लिने दाउमा छ।

यसपटक विश्वकपमा सहभागी १० टिमले लिग चरणमा सबै टिमसँग खेल्ने छन्। यसपछि शीर्ष चार टिमले सेमिफाइनलमा भिडन्त गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*