प्रेस सेन्टर बाराको भेला काेल्हवीमा असोज ३० गते हुने

ए वान डेस्क
२६ आश्विन २०८०, शुक्रबार १३:३०

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना, आदन प्रदान तथा जिल्ला भेला गर्ने भएको छ ।

काेल्हवीकाे शुभ विहानी हाेटलमा ३० असाेजमा हुने भेलामा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) काे प्रमुख आतिथ्यतामा रहने भएकाे छ ।

भेलाकाे तयारीकाे विषयमा निजगढमा बसेकाे सचिवालय बैठकले शुभकामना आदनप्रदान र अन्तक्रिर्या गर्ने निर्णय भएकाे उपाध्यक्ष प्रदिप गाैतमले जानकारी दिए ।

अध्यक्ष रन्जन यादवकाे अध्यक्षतामा भएको बैठकमा सेन्टरका बारा ईन्चार्ज कृष्ण उदास खनाल, नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सदस्य रविराज दंगाल, प्रेस सेन्टरका अशेष ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*