२० करोड माग्दै मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

ए वान डेस्क
११ कार्तिक २०८०, शनिबार १५:११

भारतका धनाढ्य एवं रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ।

मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड रुपैयाँ नदिए मार्ने बताएका हुन्।

‘यदि तिमीले हामीलाई २० करोड रुपैयाँ दिएनौ भने हामी तिमीलाई मार्नेछौं। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्’, इमेलमा भनिएको छ।

यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ।

एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको छ।

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन।

गत वर्ष पनि मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो।

उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल बमले उडाउने धम्की दिएका थिए।

यसअघि २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको कार भेटिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*