शिक्षक हत्याको विरोधमा कलैयामा टायर बालेर प्रदर्शन प्रदर्शन

ए वान डेस्क
१३ कार्तिक २०८०, सोमबार १८:५७

बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरशा टाेलस्थित बाल एकता इंग्लीश बाेर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफकाे साेमबार दिउँसाे साढे १२ बजेतिर गाेली हानी हत्या गरिएको थियाे।

सर्राफकाे हत्याकाे विराेधमा साेमबार साँझ कलैयाकै भरत चाेकमा स्थानीयवासी र शिक्षकहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले हत्यारलाई पक्राउ गरी कारबाही गर, पुलिस प्रशासन मुर्दावाद,शान्तिसुरक्षा कायम गर लगायतका नारापनि लगाएका छन् ।

प्रदर्शनमा सहभागी एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष नन्दन यादवले सर्राफका हत्यरालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही नगरे प्रदेशभरीकै नीजि शिक्षणा संस्थाहरु बन्द गरेर सशक्त आन्दाेलनमा उत्रिने चेतावनी दिए ।

साेमबार दिउँसाे १२.३० बजेतिर स्कुलबाट माेटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा माेटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले गाेली हानेर फरार भएका थिए ।

३५ वर्षिय सर्राफकाे छाती र पेटमा गरी दुई राउन्ड गाेली लागेकाे थियाे ।गाेली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयाेधा मेडिसटी हस्पिटलमा लगिएको थियाे ।त्यहीँ उपचारका क्रममा सर्राफकाे मृत्यु भएकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानले बताए ।

न्याैपानेका अनुसार , सर्राफलाई कसले र किन गाेली प्रहार गरेकाे भन्ने विषयमा केहि खुलेकाे छैन ।

गाेली प्रहार गरेर फरार भएकाहरुकाे पहिचानपनि खुल्न नसकेकाे न्याैपानले बताए ।गाेली हानेर फरार भएकाहरुकाे खाेजीका लागि भारतसंग सीमा जाेडिएका नाकाहरु शील गरिएकाे उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*