विश्वकप पुग्न नेपाल एक जित टाढा

ए वान डेस्क
१५ कार्तिक २०८०, बुधबार ०९:३९

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालका अभिनाश बोहराले चार विकेट लिएपछि मलेसियाले एक सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कुशल मल्लले ३४ बलमै ६५ रन बनाएर नेपाललाई सहज जित उन्मुख बनाए । ओपनिङ जोडी जमेपछि नेपालले अन्तिम चारको स्थान पक्का गरेको हो। नेपाल विश्वकपभन्दा अब एक जित मात्रै टाढा छ।

नेपाली मैदान र खेलाडीबारे जानकार मलेसिया क्रिकेट टिम नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो । त्यसैले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने आशा गरिएको थियो। तर नेपाली खेलाडीले खेललाई लगातार दबाबमा राखे। मलेसियाले मध्यक्रममा राम्रो खेल्न सकेन। मलेसियन खेलाडीले बाउन्ड्री प्रहार गर्न नसक्दा उसको विश्वकप यात्रा पनि समाप्त भएको छ। पहिलो खेलमा ओमनसाग पराजित मलेसिया दोस्रो खेलमा नेपालसँग हार्‍यो । उसले एक सय ६५ रन बनाए पनि कुशल मल्ल र कुशल भुर्तेलले सानदार पारी खेलेर नेपाललाई लगातार दोस्रो जित दिलाए।

नेपालले पावर प्लेमा खराब बलिङ गरे पनि त्यसपछि मलेसियालाई दबाब बनाएर राख्यो । अभिनाश बोहराले चार विकेट लिएपछि मलेसियाले राम्रो फिनिस गर्न नसकेको हो। फिल्डिङमा केही गल्ती गरे पनि ब्याटिङमा नेपाली खेलाडीले गरेको प्रदर्शनले त्यसलाई छायाामा पार्यो। कुशल मल्लले नेपाली टिमलाई तेस्रो नम्बरको ब्याटरको अभाव पूरा गरिदिए । उनले ३४ बलमै ६५ रन प्रहार गरे। उनको विस्फोटक इनिङ्सले नै नेपालको सहज जित सम्भव भयो। उनले आशिफ शेखसाग ६७ रनको साझेदारी गरे। तर लक्ष्य नजिक पुगेको अवस्थामा उनी क्याचआउट भए।

दीपेन्द्र सिंह ऐरीले विश्वकप छनोट गुमाउादा उनको अभाव टिममा महसुस भएको छ। तर नेपाली टिममा अहिले सबै खेलाडी र्फममा छन्। भोलि हुने नेपाल र ओमनबीचको खेलले समूह एको विजेता टुंगो लाग्नेछ। नेपाल र ओमन दुवै टिम समूह विजेता बनेर सेमिफाइनल पुग्न चाहन्छन्। समूह विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासाग खेल्नुपर्ने भएकोले नेपाल सहज विपक्षीको आशामा छ। समूह विजेताले त्रिवि मैदानमै खेल्न पाउने छ। अब नेपालको ध्यान समूह विजेता बन्दै सेमिफाइनल जित्ने हुनेछ। शुक्रबार हुने सेमिफाइनल खेलले नै नेपालको विश्वकप यात्रा निर्धारण गर्नेछ।

लगातार दुई जितसँगै सेमिफाइनल पुगेको नेपालका लागि एक जितले विश्वकप सपना साकार हुनेछ । सन् २०१४ पछि विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामा पुग्नु नेपाली क्रिकेट टिम र समर्थकको चाहना हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*