९औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता आजदेखि सिमरामा हुने

ए वान डेस्क
१७ कार्तिक २०८०, शुक्रबार ०९:२२

बाराको सिमरामा आजदेखि ९औँ राष्ट्रिय स्क्राबल प्रतियोगिता शुरु हुदैछ । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित लोटस एकेड्मीमा स्क्राबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा देशभरीका २२ वटा जिल्लाबाट छानिएका १ सय ४० जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा एउटा बिद्यालयबाट २ जनाको दरले सहभागिता रहने स्क्राबल क्लब अध्यक्ष केशब प्रसाद पराजुलीले जानकारी दिनुभयो । राष्ट्रिय प्रतियोगिताबाट २० जना प्रतियोगिहरु काठमाडौँमा हुने अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि छनोट हुने छन् ।

यही माघ ५ र ६ गते नेपालमै पहिलो पटक काठमाडौँ जिल्लाको चन्द्रगिरी नगरपालिकाको नैकाप स्थित ब्राईट फ्युचार स्कुलमा अन्तराष्ट्रिय प्रतियोगिता हुने स्क्राबल क्लबका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । सन् १९३८ देखि अमेरिकाबाट सुरु भएको यस यस खेलमा २ देखि ४ जनासम्मले खेल्न सकिन्छ। १५/१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ।

स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा बिकास, सञ्चारको सिप, सहकार्य, नयाँ शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पुयाउँने राष्ट्रिय प्रतियोगिता हुने बिद्यालय लोटस एकेड्मीका संस्थापक प्रधानध्यापक राम प्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा बारा ,सिराहा ,रुपेन्देही ,सुख्रेत ,मकवानपर ,नवलपरासी(पुर्ब) ,नवलपरासी (पश्चिम),गुल्मी ,ईलाम ,चितवन ,पाल्पा ,काठमाडौँ ,पर्बत ,भक्तपुर ,काशकी ,कैलाली ,तनहुँ ,धनुषा ,दाङ्ग ,मोरङ,बाग्लुङ र पाँचथर जिल्लाका बिद्यालयबाट बिद्यार्थीहरुले सहभागिता जनाउँने आयोजकले जनाएको छ ।नेपालमा आजभन्दा करिब १० बर्ष अघि देखि नेपालमा प्रतियोगिताको रुपमा स्क्रायबल खेल्न र खेलाउँन सुरु भएको हो ।

प्रतियोगिताको संयोजक बिद्यालय लोटस एकेड्मीका संस्थापक अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्क्राबल क्लबका कोषाध्यक्ष पुणर् राना मगर ,स्क्राबल प्रतियोगिताको बारा जिल्ला संयोजक भोजराज सुबेदी ,अक्षरा पाठशालाका नरेन्द्र तामाङ्ग ,ब्राईटर स्कुलका राजु कार्की ,राष्ट्रिय बिभुतीका प्रिन्सिपल सागर ठाडा मगर ,प्रोग्रेस एकेड्मीका शान्ताराम खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मनत्बय सिमरा पब्लिक ई. बोडिङ्ग स्कुलका बसन्त ढकालले ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*